फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रधानमन्त्रीद्बारा यासुकुनी देवलको पूजा गरिएकोमा चीन सरकारद्बारा कडा शब्दमा निन्दा एवं आलोचना

(GMT+08:00) 2013-12-26 18:35:14

           अन्तर्राष्ट्रिय समाजको कडा विरोधका बावजुद जापानी प्रधानमन्त्री शिन्जो आबेले छब्बीस तारिख बिहान दोस्रो विश्व युद्धका क श्रेणीका युद्ध अपराधीका नाम राखिएको यासुकुनी देवलको पूजा गर्नुभएको छ। यस विषयमा चीन सरकारले जापान समक्ष कडा विरोध जनाउनुका साथै त्यसको कडा शब्दमा निन्दा गरेको छ। यसका अतिरिक्त चीनको परराष्ट्र मन्त्रालयका मुख्य नेता तथा जापानस्थित चिनियाँ राजदूतले बेग्ला बेग्लै गरी जापानी प्रधानमन्त्री आबेले यासुकुनी देवलको पूजा गर्नुभएको विषयबारे चीनस्थित जापानी राजदूत र विदेश मन्त्रालयका जिम्मेवार व्यक्तिसमक्ष गम्भीर रुपमा कुरा उठाउनुभएको छ।

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले छब्बीस तारिखका दिन जापानी नेताले जथाभावी रुपमा चीन र युद्धग्रस्त अन्य एशियाली मुलुकका जनताहरूको भावनाको उल्लंघन गरेको र ऐतिहासिक न्याय तथा मानव जातिको हार्दिकलाई उत्तेजित पारेको गतिविधिको चीनले कडा आक्रोश प्रकट गरेको बताउँदै कडा शब्दमा त्यसको निन्दा गरेको बताउनुभयो।

          हाल जापानले सैनिक सुरक्षा क्षेत्रमा तथाकथित "चीनबाट त्रासको चेतावनी"भनाईको प्रचार-प्रसार गरी चीनको सुरक्षा हितमा हानी पुर्‍याउन कुचेष्टा गरेको पनि प्रवक्ता छिन काङ्गले पर्दाफास गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह