फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्झौता-वार्तामार्फत पूर्वी महासागरको विवादको समाधान गरिंदै जाने चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयको भनाई

(GMT+08:00) 2013-12-26 18:41:04

            चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता कङ्ग येन शङ्गले देशको भूखण्डको सार्वभौमिकताको संरक्षण गर्ने चीनको अडान अडिग रहेको बताउँदै चीनले सधैं नै सम्झौता-वार्तामार्फत् वाद-विवादको समाधान गर्ने सिद्धान्तलाई कायम राख्दैआएको कुरा बताउनुभएको छ। उहाँले छब्बीस तारिखका दिन आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त धारणा व्यक्त गर्नुभएको हो।

            प्रवक्ता कङ्गका अनुसार, हाल चीन र जापान बीचको सम्बन्धमा गम्भीर अवस्था देखा पर्नुको मुख्य कारण वास्तवमा जापानले चीनको कडा विरोधको बावजुद अवैध रुपमा त्याउ यु टापु "खरिद"गर्न खोजेकाले हो। त्यसको सबै जिम्मेवारी जापानले बेहोर्नुपर्छ।

           जापानले वास्तविक कदम चालेर चीनसँग एउटै दिशातिर हिड्नुका साथै संयुक्त रुपमा संकटको नियन्त्रण र व्यवस्थापन गरेर विभिन्न समस्याको समाधानका लागि सकारात्मक वातावरण सिर्जना गर्न आग्रह पनि प्रवक्ता कङ्गले गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह