फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वर्गीय नेता माउ च तुङ्गको एक सय बीसौं स्मृत्ति, राष्ट्राध्यक्ष सीद्वारा महत्वपूर्ण सम्बोधन

(GMT+08:00) 2013-12-26 18:42:29

           चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले छब्बीस तारिखका दिन जन बृहत् सभा भवनमा स्वर्गीय नेता माउ च तुङ्गको एक सय बीसौं स्मृति सभाको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले स्मृति सभालाई सम्बोधन गर्नुभएको छ।

            राष्ट्राध्यक्ष सीले अडान, दृष्टिकोण र उपाय भन्ने माउ च तुङ्ग विचारधाराको लचिलो सिद्धान्त रहेको स्मरण गर्दै त्यसलाई तीन विषयमा विभाजित गरी विश्लेष गर्नुभयो। उहाँका अनुसार तीन विषयको अर्थ हो: सत्य कुरालाई कायम राख्नु, नर-नारीको मोर्चा र स्वतन्त्रता तथा स्वाधीनतालाई कायम राख्नु।

            स्वतन्त्रता र स्वाधीनताबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले स्वतन्त्रता र स्वाधीनतालाई कायम राख्नका लागि स्वाधीन शान्तिपूर्ण कूटनीतिक नीतिलाई कायम राख्नुका साथै अटलताका साथ शान्तिपूर्ण विकासको बाटोलाई कायम राख्नुपर्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह