फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षमा चिनियाँ नौ सेनाद्वारा विभिन्न मुलुकका पाँच हजार चार सय वटा जहाजको सुरक्षा

(GMT+08:00) 2013-12-27 18:17:07

          चिनियाँ नौ सेनाअन्तर्गत सुरक्षा जहाजले 25 तारिखका दिन छ सय 68औं खेपको रुपमा विदेशी व्यापारिक जहाजलाई दुइ दिनसम्म सुरक्षा दिएर गन्तव्य पुर्‌याएको छ। यस खेपका जहाजहरुमा लाइबेरिया, पानामा र मार्शल द्वीप तीन मुलुकका छन्।

          सन् 2008 डिसेम्बर 26 तारिखमा पहिलो सुरक्षा जहाज टोली गठन भएदेखि हालसम्म चिनियाँ नौ सेनाअन्तर्गत सुरक्षा जहाजले ग्रीस, बेलायत, भारत, रुसलगायत करीब पचास मुलुकका लगभग पाँच हजार चार सय जहाजलाई सुरक्षा दिएका छन्। सुरक्षा दिइएका जहाजमा विदेशी जहाजको संख्या 50प्रतिशतभन्दा बढी पुगेको छ।

            पाँच वर्षमा चिनियाँ सुरक्षा जहाज टोलीले समुद्री डाकूद्वारा 32 पटक पिछा गरिएको 43वटा चिनियाँ तथा विदेशी जहाजलाई मुक्त गर्नुका साथै समुद्री डाकूद्वारा आक्रमण गरिएको दुई जहाजको पनि सफलताका साथ उद्धार गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह