फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्ष अमेरिकी मानवरहित विमान ड्रोनद्वारा पाकिस्तानमाथि 26 पटक हवाइ आक्रमण

(GMT+08:00) 2013-12-27 18:17:42

           अमेरिकी मानवरहित विमान ड्रोनले 25 तारिख राति उत्तर-पश्चिमी पाकिस्तानको उत्तर वाजिरिस्तान जातिय क्षेत्रमा हवाइ आक्रमण गरेको छ जसबाट कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कयौं घाइते भएका छन्। चालू वर्षमा हालसम्म अमेरिकी मानवरहित विमानले 26पटक पाकिस्तानमाथि हवाइ आक्रमण गरीसकेको छ जसबाट एक सय 66 जनाको मृत्यु भएको छ। यस सम्बन्धमा पाकिस्तानले राष्ट्र संघीय मानव अधिकार समितिसमक्ष गुनासो गर्ने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

           26 तारिख आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी आक्रमणको निन्दा गर्नुका साथै सो पाकिस्तानी भूभाग तथा सार्वभौमिक्तामाथि गरिएको आक्रमण भएको बताएका छन्।

          साथै अमेरिकाले मानवरहित विमानद्वारा आक्रमण गर्ने रणनीति किन नछोडेको भन्ने प्रसङ्गमा केही कारण यस्ता रहेका छन्।

          पहिलो, पाकिस्तानी तालिवान र अल काइदाबीचको सम्बन्ध घनिष्ट छ। राष्ट्रिय सुरक्षाको फाइदालाई हेर्दा अमेरिकी मानवरहित विमानको आक्रमण मुख्यतः पाकिस्तानमाथि रहेको छ।

         दोस्रो, यद्यपि पाकिस्तान सरकारले कडा निन्दा गरे तापनि मानवरहित विमानको आक्रमण पेन्टागनद्वारा प्रत्यक्ष रुपमा स्वीकार गरिएको हो। आतंकवादको विरोधमा अमेरिकी सेनाको निर्धारित सिद्धान्त हुनुका साथै सरकारबाट अधिकार पाएको छ। त्यसैले मानवरहित विमानको आक्रमण दुइ मुलुकको द्विपक्षीय सम्बन्धबाट प्रभावित भएको छैन।

        तेस्रो, नेटो सेनाका लागि 70प्रतिशतको आपूर्ति सामान पाकिस्तानमार्फत अफ्गानिस्तान पठाइन्छ। आपूर्ति लाइनको सुरक्षा गर्न अमेरिकाले सधैं नै यस्तो गतिविधि गर्ने गरेको छ।

        चौथो, पाकिस्तान सरकारले मुख्यः सार्वभौमिक्ता र सर्वसाधारणबारे अमेरिकी मानवरहित विमानको आक्रमणको निन्दा गरेको छ। आतंकवादी तत्वलाई मार्ने विषयबारे जानकारी दिएको छैन। जसकारण पाकिस्तान सरकारमा जटिलता देखिन्छ। वास्तवमा मानवरहित विमानको आक्रमणबाट मृत्यु हुने आतंकवादीको संख्या पाकिस्तान सरकार तथा सेनाद्वारा चालिने गतिविधिको नतिजाभन्दा बढी छ। वाशिङ्गटन पोष्टले गुप्त दस्तावेजलाई उद्धृत गर्दै पाकिस्तान सरकारले गोप्य रुपमा मानवरहित विमानको आक्रमणलाई समर्थन दिएको जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह