फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी समुद्रको पहिचान क्षेत्र आदि महत्वपूर्ण समस्याबारेमा चीनको रक्षा मन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2013-12-27 18:19:19

         चीनको रक्षा मन्त्रालयका प्रेस प्रवक्ता कङ येन शङ्गले 26 तारिख पैचिङ्गमा जापानी प्रधानमन्त्री शिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरिएको गतिविधि ऐतिहासिक न्याय र मानव जातिको अन्तर्ज्ञान तथा वैचारिक ज्ञानको खुल्ला विरोध भएको टिप्पणी गर्दै चीनले जापानको सैनिक मामिलाप्रति उच्च सर्तकता बन्दोबस्त गरेको जानकारी दिनुभएको छ।

           चीनको रक्षा मन्त्रालयद्बारा आयोजित नियमित पत्रकार सम्मेलनमा जापानी प्रधानमन्त्री शिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरिएको गतिविधिप्रति प्रवक्ता कङले भन्नुभयो: जापानी नेताले युद्धपीडित चीन र अन्य एशियाली मुलुकका जनताको भावनामा निर्मम हानी पुर्‍याएर ऐतिहासिक न्याय र मानव जातिको सभ्यता र मानवीय संवेदनामाथि खेलवाड गरेको गतिविधिप्रति हामीले कडा विरोध र निन्दा गरेका छौं। जापानले यसबाट उत्पान्न भएको सबै नतिजाको सामना गर्नुपर्छ।

          हाल जापानको मन्त्री मण्डलले एकपछि अर्को गरी रक्षा योजना, माध्यमिक अवधिको रक्षा शक्तिको व्यवस्थापन योजना लगायत तीन दस्ताबेज अनुमोदन गरेको छ। साथै जापानको रक्षा बजेट लगातार दुई वर्षदेखि बढ्दै आएको देखिन्छ। जापानको सैनिक शक्तिको विस्तार सम्बन्धी श्रृंखलावद्ध गतिविधिप्रति प्रवक्ता कङले ऐतिहासिक कारणले गर्दा जापानको सैनिक मामिला सम्बन्धी कुनै पनि गतिविधिबाट एशियाली छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समाजको उच्च ध्यान र चेतावनी दिन सकिने बताउँदै चिनियाँ फौजले राष्ट्रिय सुरक्षामा संभावित खतरा पुर्‍याउने कुनै पनि गतिविधिप्रति उच्च सर्तकता कायम राख्ने बताउनुभयो।

              हाल चीनले पूर्वी समुद्री क्षेत्रमा रक्षात्मक हवाई क्षेत्रको बन्दोबस्त गरेबाट अन्तर्राष्ट्रिय समाजको लगातार ध्यानाकर्षण भैरहेको छ। यस सम्बन्धमा प्रवक्ता कङले उक्त रक्षात्मक हवाइ क्षेत्र स्थापित भएदेखि हालसम्म एक महिना यता चिनियाँ सेनाले यस क्षेत्रको प्रभावकारी निगरानी तथा व्यवस्थापनका लागि जम्मा 87 लडाकु विमान पठाएको जानकारी पनि दिनुभएको छ। उहाँले अगाडी भन्नुभयो: डिसेम्बर बाईस तारिखसम्म अन्य मुलुक र क्षेत्रबाट आएका लगभग आठ सय सैनिक विमान उक्त रक्षात्मक हवाइ क्षेत्रमा प्रवेश गरेका छन्। तेईस मुलुक र क्षेत्रका 56 वायु कम्पनीले हाम्रो नागरिक उड्डयन कम्पनीसमक्ष एक्काईस हजार चार सय पचहत्तर उड्डयन योजना पेश गरेका छन्। चलाखीपूर्ण सुरक्षाका लागि हाम्रो छानबीन विमान, पूर्व चेतावनी विमान र लडाकु विमान लगायत 87 वटा सैनिक विमानले यस क्षेत्रमा नियमित जाँचबुझ र आवश्यक छानबीनको कर्तव्य बहन गरेका छन्।

           हाल दक्षिण चिनियाँ समुद्री क्षेत्रमा गराइएको चीन र अमेरिकाबीचको सैनिक जहाज "प्रतिद्बन्द्ब"को घटना सम्बन्धमा केही सञ्चार माध्यमद्बारा सोधिएको प्रश्नप्रति प्रतिक्रिया दिँदै प्रवक्ता कङले चीनले सधैं नै विदेशी जहाजले चीनको छिमेकी समुद्री क्षेत्रमा गरेको गतिविधि सम्बन्धीत अन्तर्राष्ट्रिय कानूनबमोजिम नै गर्नुपर्छ भन्ने अडान लिँदै गएको बताउनुभयो। उहाँले अगाडी भन्नुभयो: दक्षिण चिनियाँ समुद्री क्षेत्रमा उक्त घटना गराइएपछि चिनियाँ नौ सेनाको विमानवाहक जहाजका प्रमुखले अमेरिकी जहाजका प्रमुखसँग प्रत्यक्ष सम्पर्क र वार्ता गरेका थिए। जसबाट उक्त घटनालाई उचित समाधान गर्न सकियोस्। यसबाट हेर्दा चीन र अमेरिकाका विभिन्न तहबीचको वार्ता र सम्पर्क एकदमै आवश्यक देखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह