फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरिएकोप्रति अन्तर्राष्ट्रिय समुदायद्बारा निन्दा

(GMT+08:00) 2013-12-27 18:20:18

           जापानी प्रधानमन्त्री शिन्जो आबेले छब्बीस तारिखका दिन जथाभावी रुपमा दोस्रो विश्व युद्धका क श्रेणीका युद्ध अपराधीका नाम राखिएको यासुकुनी देवलको पूजा गरेको गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ। साथै उहाँको कारवाईको जापान देशभित्रका अन्य पार्टी समूहले पनि आलोचना गरेका छन्।

            गणतन्त्र कोरिया सरकारका प्रवक्ता यु जिन रोङ्गले छब्बीस तारिख एउटा बक्तव्य प्रकाशित गर्दै शिन्जो आबेले वरिपरिका मुलुक र अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चेतावनीको बावजुद जथाभावी रुपमा यासुकुनी देवलको पूजा गर्नुभएकोप्रति गणतन्त्र कोरिया सरकारले तीव्र आक्रोश पोख्नुका साथै त्यसको कडा शब्दमा निन्दा गेको बताउनुभयो।

          जापानस्थित अमेरिकी राजदुताबासले छब्बीस तारिख एउटा बक्तव्य प्रकाशित गर्दै आबेद्बारा यासुकुनी देवलको पूजा गरिएबाट छिमेकी मुलुक बीचको तनावपूर्ण सम्बन्धलाई थप चर्काउने भएकाले अमेरिका सरकारलाई निकै निराशा लागेको जनाएको छ।

          रुसी विदेश मन्त्रालयका प्रवक्ता अलेक्जान्डर लुकासेभिजले छब्बीस तारिखका दिन आबेद्बारा यासुकुनी देवलको पूजा गरिएकोप्रति रुसले पनि खेद व्यक्त गरेको कुरा औंल्याउनुभएको छ।

         यसबाहेक, जापान देशभित्रका अन्य पार्टी समूहका गण्यमान्य व्यक्तिहरूले शिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरिएकोप्रति आलोचना गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह