फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण सुडानका केही क्षेत्रमा भिडन्त जारी

(GMT+08:00) 2013-12-27 18:20:51

             यही डिसेम्बर छब्बीस तारिखसम्ममा सरकारको नियन्त्रणमा रहेको दक्षिण सुडानको राजधानी जुबाको सामाजिक परिपाटी क्रमश: स्थिर हुँदै गएको देखिन्छ। तर उत्तरी भागको जोङ्गलेई लगायतका अन्य ठाउँमा चर्को युद्ध अझ जारी रहेको छ। त्यसै क्रममा वर्तमान दक्षिण सुडान सङ्कटमा मध्यस्थता गर्नका लागि केन्याका राष्ट्रपति उहुरु केन्याता र इथियोपियाका प्रधानमन्त्री हाइलेमारियाम देसालेङ्गले छब्बीस तारिख जुबा पुगी दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मायार्दिटसँग भेटवार्ता गर्नुभएको छ।

            सुडानको टेलिभिजन स्टेशनले जनाएअनुसार, ती तीनजना नेता बीच गोप्य वार्ताको आयोजना गरिएको थियो।

            दक्षिण सुडान समस्या सम्बन्धी संयुक्त राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधि हाइद एफ जोन्सनले छब्बीस तारिख जुबामा बोल्दै थप शान्ति सेना र सहायता सामग्रीहरूलाई अठचालीस घण्टाभित्र दक्षिण सुडानमा पुर्‍याउनका लागि हाल दक्षिण सुडान सम्बन्धी राष्ट्र संघीय विशेष टोलीले प्रयास गरिरहेको पनि जानकारी दिनुभएको छ।

           दक्षिण सुडानको राजनीतिक भिडन्तबाट सुरक्षा परिस्थिति बिग्रंदै गएको सन्दर्भमा सुरक्षा परिषद्ले चौब्बीस तारिखका दिन दक्षिण सुडान सम्बन्धी राष्ट्र संघीय विशेष टोलीतर्फ थप छ हजारजना सहायकलाई पठाउने निर्णय-प्रस्ताव पारित गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह