फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी नेताका गतिविधिप्रति चीनको परराष्ट्र मन्त्रालयको धारणा

(GMT+08:00) 2013-12-27 18:21:16

         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले सत्ताईस तारिखका दिन पैचिङ्गमा बोल्दै चीनले जापानी नेताहरुलाई एक जिम्मेवार मानिस बन्न, दायित्वपूर्ण कुरा बोल्न र दायित्वपूर्ण गतिबिधि गर्ने आशा गरेको बताउनुभयो। यदी जापानले निरन्तर अन्तर्राष्ट्रिय न्यायलाई उत्तेजित पार्दै जाने, मानव जातिको हार्दिकता उल्लंघन गर्दै जाने र छिमेकी मुलुकसँगको सम्बन्धको आधारभूत रेखा मेट्दै गएको खण्डमा चीन सधैंका लागि जापानी हितका सवालमा पछि हट्ने चेतावनी पनि प्रवक्ता व्हाले दिनुभएको छ।

            प्रवक्ता व्हाका अनुसार, जापानले वास्तविक कदम चाली आफ्नो गलतीलाई सच्याएर नकारात्मक असरलाई कम गर्नुपर्छ। नत्र भने चीन र जापानबीचको सम्बन्ध सुधारको सवालमा कुनै पनि वहस अर्थहीन हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह