फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा दोस्रो राष्ट्रिय कफी महोत्सव, 15 प्रतिशत कफी उत्पादन

(GMT+08:00) 2013-12-28 18:29:21

         नवौ राष्ट्रिय कफी दिवस एवं दोस्रो राष्ट्रिय कफी महोत्सव शुक्रबारदेखि पोखरामा शुरु भएको छ। राष्ट्रिय कफी व्यवसायी संघ र नेपाल सरकारको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा भएको कफी महोत्वको कृषी मन्त्री टेकबहादुर घर्तीले उद्घाटन गर्नुभयो।

        दुई दिन सम्म सन्चालन हुने महोत्सवमा कफीसँग सम्बन्धित कफी प्रशोधन सामाग्री, कफि सगँ सामाग्रीहरु, जैविक मल लगायतका प्रदर्शनी समेत राखिएको छ। महोत्सवमा निःशुल्क कफी पिउन र कफी साँस्कृतिक कार्यक्रम सन्चालन हुने छन्।

        गत वर्ष मात्र नेपालमा 5 सय 25 मेट्रिक टन कफी उत्पादन भएको मध्य दुई सय 12 मेट्रिक टन  कफी विदेश पठाएको चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख रघुपति चौधरीले जानकारी दिनुभयो। यस वर्षको अघिल्लो वर्षको तुलनामा 15 प्रतिशत प्रतिसत कफी नेपालमा उत्पादन हुने चौधरीको अनुमान छ। उत्पादन क्षेत्र विस्तारका लागि देशभर कफी विरुवा रोपण र विरुवा उत्पादन गर्न प्रोत्साहन गर्नका लागि महोत्सव फलदायक हुने उहाँले बताउनुभयो।

        महोत्सवमा कफी प्राविधिकहरुले कफी सेवनबाट हुने फाईदा तथा यसको खेती गर्ने तरिकाका बारेमा समेत महोत्वमा जानकारी गराउने छन्। पोखराको चिप्लेढुङ्गाबाट विभिन्न झाँकी सहितको र्‍याली पोखरा प्रर्दशनीमा पुगरे मेलामा सहभागी भएको थिए। र्‍यालीमा सहभागीहरुले कफीबाट बनेका माला, विभिन्न झाकी निर्माण गरि प्रर्दशन गरेका सेतोपाटी अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह