फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुर्खेतमा 5 महिनाभित्र करीब 1 सय उद्योग थपिंदा रोजगारीमा वृद्धि

(GMT+08:00) 2013-12-28 18:30:30
        मध्यपश्चिम नेपालको सुर्खेतमा 5 महिनाको अवधिमा करीब 1 सय उद्योग थपिएका छन्। आर्थिक वर्ष 2070/071 को असार मसान्तदेखि मङ्सिर मसान्तसम्म विभिन्न प्रकृतिका 95 उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय, सुर्खेतले जानकारी दिएको छ। कार्यालयका अनुसार ती उद्योगमा 4 सय 59 जनाले रोजगारी पाएका छन्।

       नयाँ थपिएकामा कृषि तथा वनजन्य, उत्पादनमूलक र सेवा उद्योग बढी रहेको कार्यालयका निर्देशक विनोददेव पन्तले बताउनुभयो। जिल्लामा उद्योग दर्ता हुने सङ्ख्या हरेक वर्ष बढ्दो अवस्थामा रहेको उहाँको भनाइ छ। उहाँका अनुसार थपिएका नयाँ उद्योगमा कुल पूँजी 7 करोड 55 लाख 52 हजार 3 सय रहेको छ। साथै, ती उद्योगको वार्षिक उत्पादन क्षमता रू. 8 करोड 33 लाख 37 हजारबराबर छ। यसैगरी वाणिज्यतर्फ सोही अवधिमा 2 सय 95 ओटा फर्म दर्ता भएका छन्। ती फर्ममा 14 करोड 26लाख रुपैयाँको लगानी रहेको छ। अघिल्लो आव 2069/70 को असार मसान्तदेखि मङ्सिर मसान्तसम्म ३ सय 78 वाणिज्य फर्म दर्ता भएका थिए। पछिल्लो 5 महिनाअन्तर्गत साउनमा 30, भदौमा 26, असोजमा 18, कात्तिकमा 14 र मङ्सिरमा 15 नयाँ उद्योग दर्ता भएको पन्तले बताउनुभयो। त्यस्तै अघिल्लो आव 2069/070 को सोही अवधिमा 1 सय 14 उद्योग दर्ता भएका थिए।

        गत आवमा कुल 2 सय 35 उद्योग दर्ता भएका थिए भने 69 ओटा उद्योगले मात्र नवीकरण गरेको पन्तले जानकारी दिनुभयो। त्यस्तै सोही आवमा वाणिज्यतर्फ 6सय 73 ओटा फर्म दर्ता भएका थिए भने 97 ओटाले मात्र नवीकरण गरेको खबर अभियान आर्थिक अनलाईनमा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह