फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युद्ध विरामका लागि दक्षिणी सुडान सरकारद्वारा वचनबद्धता

(GMT+08:00) 2013-12-28 18:31:13
       पूर्वी अफ्रिकी अन्तर्सरकार विकास संगठन अर्थात् इगाद शिखर सम्मेलनले हालै एउटा वक्तव्य प्रकाशित गरी तुरुन्तै युद्ध विराम गर्दै विनाशर्त वार्ता सुरु गर्न दक्षिणी सुडान सरकारले प्रतिवद्धता जनाएको जानकारी दिएको छ।

       पूर्वी अफ्रिकी अन्तर्सरकार विकास संगठन अर्थात् इगादले केन्याको राजधानी नैरोबीमा शिखर सम्मेलनको आयोजना गरी दक्षिणी सुडान समस्याबारे छलफल गरेको थियो। सम्मेलनपछि संगठनले वक्तव्य प्रकाशित गरी तुरुन्तै युद्ध विराम गरी विनाशर्त वार्ता सुरु गर्न दक्षिणी सुडान सरकारले वचनबद्धता गरेकोप्रति स्वागत गर्नुका साथै त्यस्तै वचनबद्धताका लागि दक्षिणी सुडानको सरकार विरोधी सशस्त्र शक्तिलाई आह्वान गरेको थियो। दक्षिणी सुडानको सशस्त्र शक्तिले चार दिनभित्र युद्धविराम नगरेमा विशेष गतिबिधि संचालन गर्ने चेतावनी पनि वक्तव्यमा दिइएको छ।

       थाहा भएअनुसार, केन्या, सुडान, इथियोपिया, जिबुटी, सोमालिया, युगान्डा, दक्षिणी सुडानलगायत पूर्वी अफ्रिकी अन्तर्सरकार विकास संगठन सदस्यका राष्ट्रपति, विदेशमन्त्रीहरु त्यस शिखर सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो। दक्षिणी सुडानका राष्ट्रपति साल्भा कीर मायादित र पूर्व-उप राष्ट्रपति रिएक माचार उपस्थित भने सम्मेलनमा सहभागि हुनुहुन्थेन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह