फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको शान्ति सेना दक्षिणी सुडानमा

(GMT+08:00) 2013-12-28 18:31:45
        संयुक्त राष्ट्र संघबाट प्राप्त समाचारअनुसार, बहत्तर जना शान्ति सेनाको संयुक्त राष्ट्र संघीय उद्धार टोली डिसेम्बर सत्ताइस तारिख दक्षिणी सुडानको राजधानी जोबार पुगेर शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न थालेको छ।

        उक्त संयुक्त राष्ट्र संघीय विशेष दलका अनुसार, उक्त बहत्तर बंगलादेशी शान्ति सैनिकले भर्खरै कंगो-किनशासामा शान्ति स्थापनाको कार्यभार सम्पन्न गरेका थिए। सुरक्षा परिषदले दक्षिणी सुडानलाई पठाएको थप छ हजार शान्ति सेनामध्येको यो पहिलो खेप हो। उनीहरुले आफू तैनाथ स्थानमा शरण लिएका दक्षिणी सुडानका सर्वसाधारणलाई व्यवस्थपान गर्न सहयोग गर्नेछन्। हाल दक्षिणी सुडानमा संयुक्त राष्ट्र संघ तैनाथ भएका विभिन्न स्थानमा शरणार्थीको संख्या 63 हजार पुगेको छ।

        गत पन्ध्र तारिख दक्षिणी सुडानमा सैन्य भिडन्त भएको थियो। सोह्र तारिख राष्ट्रपति साल्भा कीर मायार्दित पूर्व-उप राष्ट्रपति रिएक माचार आदिले नियन्त्रण गरेको सैन्य शासन-परिवर्तनमाथि जित हासिल गरेको घोषणा गर्नुभएको थियो। त्यसबाट दक्षिणी सुडानको परिस्थिति सुधारोन्मुख हुन सकेको छैन भने भिडन्त चर्कँदैआएको छ र संघर्ष देशभरिका आधा क्षेत्रसम्म फैलिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह