फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइल्याण्डको परिस्थिति आंशिक शान्त

(GMT+08:00) 2013-12-28 18:32:18
        सिन ह्वा समाचार समितिका अनुसार, बैंककमा भिडन्त भएपछि थाइल्याण्डको आन्तरिक परिस्थिति डिसेम्बर सत्ताइस तारिखदेखि केही शान्त भएको छ। जुलुस प्रदर्शनका गतिबिधिमा केही कमी आएको छ र निर्वाचन तयारी कार्य पनि अघि सारिँदैछ। सरकार विरोधीले नव वर्षको विदा अवधिपछि नयाँ प्रदर्शन गर्ने घोषणा गरेका छन्।

        थाइल्याण्ड निर्वाचनका लागि दलका सीट उम्मेदवारले दर्ता गर्ने अन्तिम दिन थियो। सरकार विरोधीहरुले दर्ता गर्ने ठाउँमा भेला गरेका थिएनन् भने यसरी नै दर्ता कार्य सुचारु रुपमा सम्पन्न भएको थियो। स्थानीय 45 वटा पार्टीहरुले निर्वाचन समितिलाई उम्मेदवारको नामावली पेश गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह