फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा लाइन लागी रोटी किनिएको कुराबाट ध्यानाकर्षण

(GMT+08:00) 2013-12-28 17:32:59

         डिसेम्बर अठाईस तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले पैचिङ्गस्थित एउटा रोटी पसल पुगी लाइनमा उभिएर आफैंले पैसा दिएर रोटी किन्नुभयो।

         सिन्व्हा वेभसाइटले तुरुन्तै उक्त खबर जारी गर्दै सातवटा फोटो पनि सार्वजनिक गरेको छ। फोटामा देख्दा राष्ट्राध्यक्ष सीले सर्वसाधराणसँगै लाइनमा उभिएर आफैंले पैसा दिएर रोटी किन्नुभयो। त्यति नै खेर वरिपरिका केही सर्वसाधारणले आफ्ना मोबाइलद्बारा फोटा खिचेका छन्। राष्ट्राध्यक्ष सीले मुस्कानका साथ हातद्बारा छेउका केटा-केटीको टाउको छुनुभयो। उहाँले एकजना केटासँग पनि फोटो खिच्नुभयो।

         हाल सिन्व्हा वेभसाइट बाहेक, जन दैनिक वेभसाइट, केन्द्रीय टेलिभिजन स्टेशनको वेभसाइट लगायतका अधिकांश नेटवर्क सञ्चार-माध्यमहरूले उक्त खबर र फोटाको उद्बृत गर्दै जनाएका छन्। धेरै नेट-ग्राहकहरूले राष्ट्राध्यक्ष सीको सराहना गरेका छन। एकजना नेट-ग्राहक यसरी भन्छन्: आम मानिको भीडमा प्रवेश गर्नुभएका नेताप्रति निकै सराहना व्यक्त गर्न चाहन्छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह