फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानद्बारा अन्य मुलुकका जनताहरूको भावनाको सम्मान गरिनुपर्ने बान की मुनको भनाई

(GMT+08:00) 2013-12-28 15:33:50
         संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले सत्ताईस तारिखका दिन आफ्ना प्रवक्तामार्फत जापानी प्रधानमन्त्रीद्बारा यासुकुनी देवलको पूजाआजा गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ। उहाँले जोड दिएर भन्नुभयो: जापानले अन्य मुलुक विशेषत: दोस्रो युद्धग्रस्त मुलुकका जनताहरूको भावनाको आवश्यक सम्मान गर्नुका साथै उत्तर-पूर्वी एशियाली मुलुकसित पारस्परिक विश्वास र घनिष्ट साझेदारी सम्बन्धको स्थापना गर्ने कुरालाई आफ्नो मुख्य स्थानमा राख्नुपर्छ। सम्बन्धित मुलुकका नेताले त्यस सन्दर्भमा विशेषतायुक्त जिम्मेवारी लिनुपर्छ।

        बान की मुनले जापानी प्रधानमन्त्रीद्बारा यासुकुनी देवलको पूजा गरिएकोप्रति चीन र गणतन्त्र कोरियाले कडा प्रतिक्रिया जनाएको दृश्य देखेर ऐतिहासिक कारणबाट क्षेत्रीय मुलुकको सम्बन्ध तनावपूर्ण हुँदैगएको बुझ्दा आफूलाई निकै खेद लागेको बताउनुभयो। क्षेत्रीय मुलुकहरू बीच ऐतिहासिक समस्याका सम्बन्धमा समान धारणा र समझदारी सम्पन्न हुनसक्ने आशा पनि बान की मुनले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह