फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रधानमन्त्रीद्बारा यासुकुनी देवलको पूजा गरिएकोबारे चीनको राज्य परिषद्का सदस्य याङ्ग चे छको भनाई

(GMT+08:00) 2013-12-28 18:34:51
         सन् 2013को डिसेम्बर अट्ठाईस तारिखका दिन चीनको राज्य परिषद्का सदस्य याङ्ग चे छले जापानी प्रधानमन्त्री शिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरिएको विषयबारे महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

         जापानी प्रधानमन्त्री आबेले अन्य मुलुकको विरोधको बावजुद जथाभावी रुपमा दोस्रो विश्व युद्धका क श्रेणीका युद्ध अपराधीका नाम राखिएको यासुकुनी देवलको पूजा गर्नुभएको थियो। यसबारे चर्चा गर्दै सदस्य याङ्गले यसरी भन्नुहुन्छ: त्यस कारवाईले जापानी सैन्यवादीको थिचोमिचो र उपनिवेशीकरणको दबावग्रस्त विभिन्न मुलुकका जनताहरूको भावनामा गम्भीर क्षति पुर्‍याएको छ। त्यसले फासिस्ट युद्ध विरोधी विश्वको बिजयी प्रतिफल र संयुक्त राष्ट्र संघको बडापत्र आधार रहेको युद्धपछिको अन्तर्राष्ट्रिय परिपाटीलाई उत्तेजित गरेको हो। आबेको त्यस कुकर्मको आवश्यक रुपमा चीन सरकार तथा चिनियाँ जनता एवम् सारा अन्तर्राष्ट्रिय समुदायले कडा विरोध र निन्दा गरेका छन्।

        चिनियाँ जनतालाई अपमान सह्य हुँदैन। एशियाली जनता र विश्वका जनतालाई पनि अपमान सह्य छैन। त्यसैगरी आबेले आफ्नो गल्तीलाई स्वीकारेर त्यसलाई तुरुन्तै सच्याउनुपर्छ। साथै आबेले वास्तविक कदम चालेर त्यसको नराम्रो असरलाई घटाउनुपर्छ। कुनै झूठ परिकल्पनालाई पनि त्याग्नुपर्छ। नत्र भने आबे एशियाका अन्य छिमेकी मुलुक तथा समस्त अन्तर्राष्ट्रिय समाजबाट अविश्वासिलो हुनुहुनेछ र अन्त्यमा ऐतिहासिक मञ्चमा एक पूराका पूरै परास्त व्यक्ति बन्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह