फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्षभरि केन्द्रीय व्यवसायबाट सिर्जित नाफा झण्डै तेह्र खर्ब चिनियाँ युआन पुग्ने अनुमान

(GMT+08:00) 2013-12-29 18:10:06

            यस वर्ष चिनियाँ केन्द्रीय व्यवसायहरूले निकै राम्रो सञ्चालन र कारोबार गरेको पाइएको छ। वर्षभरि केन्द्रीय व्यवसायहरूबाट सिर्जित नाफाको कूल रकम लगभग तेह्र खर्ब चिनियाँ युआन पुग्ने अनुमान गरिएको छ। साथै केन्द्रीय व्यवसायहरूले आर्थिक बृद्धि दरलाई यथावत् रुपमा तीन खर्ब युआनभन्दा बढी रकममा कायम राख्दैआएका छन्। प्राय:जसो केन्द्रीय व्यवसायहरूले आ-आफ्नो परीक्षण लक्ष्यलाई सफलताका साथ साकार तुल्याउन सक्नेछन्। चीनको राज्य परिषद् अन्तर्गत राष्ट्रिय पूँजीको अनुगमन र व्यवस्थापन समितिका उपप्रमुख व्हाङ्ग शु हले उन्नतीस तारिखका दिन आयोजित केन्द्रीय व्यवसायका जिम्मेवार व्यक्तिहरूको सञ्चालन र कारोबारको परिक्षण कार्य सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

          उपप्रमुख व्हाङ्गका अनुसार, यस वर्षको जनवरीदेखि नोभेम्बर महिनासम्म प्राय:जसो केन्द्रीय व्यवसायहरूको आर्थिक अवस्थामा निरन्तर सुधार हुँदैआएको देखिन्छ। जम्मा एघारवटा केन्द्रीय व्यवसायबाट सिर्जित नाफाको बृद्धि दर पाँच अर्ब चिनियाँ युआनभन्दा बढी नाघेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह