फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकास्थित चिनियाँ मूलका आप्रवासीद्बारा जापानी प्रधानमन्त्रीको यासुकुनी देवलको पूजाको निन्दा

(GMT+08:00) 2013-12-29 18:10:55

             डिसेम्बर 28 तारिखका दिन अमेरिकास्थित चिनियाँ मूलका विदेशी तथा चिनियाँ प्रवासी समूदायका दशभन्दा बढी नेतागणले न्यूयोर्कमा एक गोष्ठीको आयोजना गर्दै जापानी प्रधानमन्त्री शिन्जो आबेले यासुकुनी देवलको पूजा गरेको गतिविधिको कडा निन्दा गर्नुका साथै यस विषयमा चीन सरकारले लिएको गम्भीर अडानप्रति द्दढ समर्थन दिने विचार व्यक्त गरेका छन्।

             अमेरिकाको चिनियाँ प्रवासी संगठनका अध्यक्ष ल्याङ्ग क्वआन चुनले चीन लगायत अन्य मुलुकका कडा चेतावनीको वेवास्ता गर्दै जापानी प्रधानमन्त्रीले गत छब्बीस तारिखका दिन यासुकुनी देवलको पूजा गरेको गतिविधिले अन्तर्राष्ट्रिय न्यायलाई उत्तेजित पारेको र मानव जातिको हार्दिकता उल्लंघन गरेको बताउनुभयो। अध्यक्ष ल्याङ्गले उक्त गतिविधिलाई कडा शब्दमा निन्दा र विरोध व्यक्त गर्नुभएको छ।

             न्यूयोर्कको सुङ्ग सिन एसोसिएशनका अध्यक्ष ल्यु च्यान छ्याङ्गले दोस्रो विश्वयुद्धमा जापानले चीन र एशियाली मुलुकका जनतालाई ठूलो हानी पुर्‍याएको इतिहासलाई कसैले पनि बिर्सिन नसक्ने भन्दै चिनियाँ जनता, विदेशमा बसोबास गर्ने चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासीले इतिहासलाई मेटाउने प्रयासमा गरिएका कुनै किसिमको गतिविधि वा धारणाको कडा प्रतिवाद गर्ने दृढता व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह