फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी सञ्चार माध्यमद्बारा प्रधानमन्त्रीको गतिविधिप्रति निरन्तर निन्दा

(GMT+08:00) 2013-12-29 18:11:20

           जापानका मुख्य अखवार सञ्चार माध्यमले 28 तारिखका दिन प्रकाशित टिप्पणी लेखहरुमा प्रधानमन्त्री शिन्जो आबेद्धारा निरन्तर यासुकुनी देवलको पूजा गरिएको गतिविधिप्रतिको आलोचना गरेका छन्।

          टोकियो न्यूजले जापानी एलडीपीका भूतपूर्व उपाध्यक्ष ताकु यामासाकीको भनाईलाई उद्धृत गर्दै शिन्जो आबेले आफ्नो व्यक्तिगत इच्छालाई राष्ट्रिय हितमा आँच पुर्‍याउन खोजेबाट जापानलाई अन्तर्राष्ट्रिय समाजमा अलग स्थानमा बसाइएको उल्लेख छ।

           द असाही शिम्बुनले 20देखि 86वर्षसम्मका पाँच जना श्रोताको जापानी प्रधानमन्त्रीको गतिविधिको विरोधमा चिठी प्रकाशित गरेको छ। 20 वर्षको श्रोता नाकामूरा मित्सुताका अनुसार छिमेकी मुलुकसँगको सम्बन्धमा खलल पुर्‍याउने गतिविधि एक नेताको सामान्य धारणा तथा गतिवधिसित अनुकूल छैन। 80वर्षका श्रोता ताकु यामासाकीका अनुसार यासुकुनी देवल दोस्रो विश्व युद्धका क श्रेणीका युद्ध अपराधीको प्रतिक हो भने ती अपराधीले निर्दोषको ज्यान लिएकोमा महत्वपूर्ण जिम्मेवारी लिनुपर्छ। आबेले उक्त वास्तविकतामा ध्यान नदिनु प्रधानमन्त्रीको दायित्वसित अनुकुल नहुने पनि पाठक पत्रमा उल्लेख छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह