फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको दक्षिणी आन्ध्र प्रदेशमा रेलमा आगलागी हुँदा कम्तिमा छब्बीस जनाको मृत्यु

(GMT+08:00) 2013-12-29 18:11:45

             डिसेम्बर अट्ठाईस तारिख सबेरै तीन बजेतिर एउटा रेल भारतको दक्षिणी भागको आन्ध्र प्रदेशमा आगलागी भएको छ। भारतीय प्रहरीका अनुसार, हालसम्म उक्त आगलागीबाट कम्तीमा छब्बीसजनाको ज्यान जानुका साथै अन्य पन्ध्रजना घाइते भएका छन्।

           प्राप्त जानकारीअनुसार, उक्त रेल सत्ताईस तारिख राति कर्नाटक प्रदेशको सदरमुकाम बैङ्गलोरबाट निस्केर महाराष्ट्र प्रदेशको नान्देदतर्फ जाने क्रममा थियो। अट्ठाईस तारिख सबेरै साढे तीन बजेतिर आन्ध्र प्रदेश पुग्दा उक्त रेलको एउटा डब्बामा आकस्मिक रुपमा आगलागी भएको थियो। चालकले आगलागी भएको फेला पारेपछि तुरुन्तै आकस्मिक रुपमा रेललाई रोकेका थिए। आगलागी भएको डब्बामा जम्मा 64जना यात्रु रहेका थिए। तर राति रेल हिंड्ने क्रममा डब्बाका द्बारमा ताला लगाइएको थियो। त्यसैकारण थोरैजना यात्रु झ्याललाई भत्काएर बाहिर हामफाल्न सफल भएतापनि धेरैजसो यात्रुले भाग्ने मौका पाएनन्। अहिलेसम्म दुईजना बालक सहित छब्बीसजनाको मृत्यु हुनुका साथै पन्ध्रजना घाइते भएको पुष्टी गरिएको छ। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

            यसैबीच भारतीय प्रधानमन्त्री मनमोहन सिंहले अट्ठाईस तारिखका दिन उक्त आगलागीमा ज्यान गुमाएका यात्रुहरूप्रति आश्चर्य र दु:ख व्यक्त गर्नुभएको छ। यसबाहेक भारतीय रेलमार्ग विभागले प्रत्येक मृतकको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ र घाइतेलाई पचास हजार रुपैयाँको दरले भुक्तानी दिने घोषणा पनि गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह