फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको रेलमार्गको कूल दूरी अव दश लाख किलोमिटरभन्दा लामो

(GMT+08:00) 2013-12-29 18:12:11

              सन् 2013को डिसेम्बर अट्ठाईस तारिखका दिन चीनको रेलमार्गको विकासको इतिहासका लागि एक विशेषतायुक्त दिन सावित भएको छ। किनकि त्यसै दिन स्या शन रेलमार्ग र क्वङ्ग सी समुद्री तटवर्ती रेलमार्ग लगायतका अनेकन् रेलमार्गहरू एकैसाथ सञ्चालन आरम्भ गरिएको छ। एकै दिनमा चीनको रेलमार्गको दूरीमा झण्डै दुई हजार किलोमिटर थपिएको छ। त्यसै दिन चीनको रेलमार्गको कूल दूरी दश लाख किलोमिटरभन्दा लामो पनि भएको छ।

               उक्त दश लाख किलोमिटरको रेलमार्ग सञ्जाल सम्पन्न भएका कारण डिसेम्बर अट्ठाईस तारिख राति बाह्र बजेदेखि चिनियाँ रेलमार्ग कम्पनीले नयाँ रेल सञ्चालनको रुट पनि लागू गर्न थालेको छ।

               दश लाख किलोमिटरको रेलमार्गको निर्माण र सञ्चालनका क्रममा चीनले रेल सम्बन्धी स्वचालित नियन्त्रण प्रविधि अपनाएर सफलताका साथ विभिन्न स्तरका रेलहरू मिसिएर सञ्चालन हुने लक्ष्यलाई पनि साकार तुल्याएको छ। यसका साथै चीनले रेल, लाइन, पूल र विभिन्न सम्पर्क सञ्जाल प्रबन्धको सम्पूर्ण निरीक्षण र सँरक्षण गर्ने प्रविधि पनि ग्रहण गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह