फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुरुङ समुदायको महान् चाड ल्होछारका कार्यक्रमहरु सुरु

(GMT+08:00) 2013-12-29 18:13:20

           गुरुङ समुदायको महान् चाड ल्होछारका कार्यक्रमहरु सुरु भएको छ ।गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार सर्प बर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गर्दै मनाइने तमू ल्होछारका कार्यक्रमहरु शनिबारदेखि नै सुरु भएको हो। ल्होछार मूल आयोजक समितिका महासचिव सूर्य गुरुङका अनुसार यसपटकको ल्होछारमा ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुति समावेश रहेको छ।

           लोकदोहोरी, खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमको शृंखला पनि निरन्तर रहने आयोजकले जनाएको छ। सांस्कृतिक कार्यक्रमअन्तर्गत चर्चित नृत्यकारहरुले नृत्य प्रस्तुत गर्नेछन्। यसअघि ल्होछारका अवसरमा पत्रकारिता पुरस्कार वितरण, मोटरसाइकल र्‍याली, ल्होछारबारे बौद्धिक छलफल लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन्। काठमाडौँमा सामूहिक ल्होछार मनाउन टेकबहादुर गुरुङको संयोजकत्वमा 201 सदस्यीय ल्होछार मूल आयोजक समिति गठन गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह