फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका संग्रहालयमा 'अडियो गाइड' सेवा सुरु

(GMT+08:00) 2013-12-29 18:13:52

            काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका संग्रहालयमा 'अडियो गाइड' सेवा सुरु भएको छ। अंग्रेजी भाषामा संग्रहालयबारे जानकारी दिने उद्देश्यले संग्रहालय विकास समितिले सुरु गरेको यो सेवाको समिति तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा संस्कृति, पर्यटन र नागरिक उड्ययनमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरे। यसले संग्रहालयमा रहेका ऐतिहासिक एवं पुरातात्विक समाग्री र हनुमानढोका दरबार क्षेत्रबारे जानकारी दिने समितिले जनाएको छ।

           रेकर्डिङ गरिएका 50 वटा डिभाइस संग्रहालयका विभिन्न ठाउँमा जडान गरिएको छ। डिभाइस अन गरेपछि इयरफोनमा जानकारी पाइने समितिकी सदस्य सचिव सरस्वती सिंहले बताइन्। शुक्रबारै 'नेक्ट जेनेरसन' नामक आजीवन सदस्यतासमेत सुरु गरिएको छ।

           सिंहका अनुसार संग्रहालय घुम्न चाहनेले तीन सय रुपैयाँ तिरेर आजीवन सदस्यता लिन सक्छन्। संग्रहालयको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम ल्याइएको समितिले जनाएको छ।

            नेपालका लागि यी कार्यक्रम नौलो रहेको समितिका सदस्य पुरातत्वविद विष्णुराज कार्कीले बताउनुभयो। अंग्रेजी भाषामा सुरु गरिएको अडियो गाइड सेवा विस्तारै चाइनिज र नेपाली भाषामा पनि उपलब्ध गराइने र डिभाइस संख्या सय पुर्‍याउने समितिको योजना छ। अडियोमा संग्रहालयमा राखिएका सामग्री र ठाउँको परिचय, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वबारे जानकारी रेकर्ड गरिएको छ।

          संग्रहालय साताको सबै दिन बिहान 9 देखि बेलुका 5 बजेसम्म खुला रहन्छ। नेपालको मध्यकालीन कला र वास्तुकलाको अनुपम नमूनाका रूपमा हनुमानढोका दरबारलाई लिइन्छ। संग्रहालय क्षेत्रमा राजा त्रिभुवन स्मृति कक्ष, शाहकालीन राजसिंहासन, हातहतियार कक्ष, नौतले दरबार, राजा महेन्द्र स्मृति कक्ष, राजा वीरेन्द्र स्मृति कक्ष, ऐतिहासिक लोह चोक, नासल चोक, मोहनकाली चोक, सुन्दरी चोकलगायत आकर्षक क्षेत्र रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह