फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीको विकास भएमा देशकै समृद्धि हुने संस्कृतिमन्त्रीको भनाइ

(GMT+08:00) 2013-12-29 18:14:25

          संस्कृति मन्त्री रामकुमार श्रेष्ठले अब बन्ने सरकारले विश्वकै चासोको रूपमा हेरेको लुम्बिनीको गुरूयोजना पूरा गराउन सफल हुने बताउनुभएको छ।

           लुम्बिनी कपिलबस्तु– दिवस अभियान आयोजक समितिद्वारा शनिवार राजधानीमा आयोजित 'बुद्धको जन्मस्थल, लुम्बिनीको दिग्भ्रमः पाठ्यक्रममा सुधारका उपाय तथा प्रयास' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो आशा व्यक्त गर्नुभएको हो।

            उहाँले यस सरकार मुलुकमा दोस्रो संविधानसभाको निर्वाचन गराउने उद्देश्यले बनेकोले लुम्बिनीको विकास निर्माणका लागि मागेजत्ति रकम विनियोजन गर्न नसकेको स्वीकार्दै अब बन्ने सरकारले शान्तिदुतको जन्मस्थान सबै दृष्टिकोणले सुविधा सम्पन्न भए त्यसबाट राष्ट्र नै सम्पन्न हुने भएकोले गुरूयोजना पूर्ण हुनु जरूरी छ भन्नुभयो।

           कार्यक्रममा उक्त अभियानको अभियन्ता केदार शाक्यले कार्यपत्र प्रस्तुत गर्दै भारतलगायत विश्वका विभिन्न मुलुकका पाठ्यक्रममै बुद्ध भारतमा जन्मेको उल्लेख भएकोले बुद्धको जन्मस्थानको विषयमा भ्रम फैलिरहेकोमा नेपाल सरकारले ति मुलुकका पाठ्यक्रममा रहेको भ्रम हटाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो।

           कार्यक्रममा भिक्षु कौडन्यले लुम्बिनीको ऐतिहासिक, पुरातात्विक महत्वलाई उजागर गदै बुद्ध जन्मेको स्थानका बारेमा फैलिएको भ्रम हटाउनु हाम्रो प्रमुख दायित्व हो भन्नुभयो।

            कार्यक्रममा बुद्ध जन्मभूमिका सम्वन्धमा फैलिरहेको भ्रम निवारणका लागि योगदान पुर्‍याउनुभएका विभिन्न महानुभावलाई सम्मानपत्र प्रदान गरिएको खबर गोरखापत्र अनलाईनमा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह