फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा आज गुरुङ जातिको नयाँ वर्ष

(GMT+08:00) 2013-12-30 18:23:34

       आज समस्त गुरुङ जातिको नयाँ वर्ष अर्थात् तमू ल्होसार पर्व परेकाले नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ।

        तमू ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपालमा सांस्कृतिक रुपमा पृथक रहेता पनि राष्ट्र र राष्ट्रियताको सन्दर्भमा सबै जातजातिले एकतावद्ध भई अग्रसर हुनुपर्ने बताउनुभएको छ।

         गुरुङ्ग समुदायको नयाँ वर्षका रुपमा मनाइदै आएको तमू ल्होसार 2070 का अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा रेग्मीले यस्तो बताउनुभएको हो। नेपालमा बसोबास गर्ने नेपालीहरुका विविध प्रचलन, अभ्यास तथा सांस्कृतिक सम्पदाहरु नेपालका प्रमुख विशेषता हुन् भन्दै रेग्मीले यी सबै विशेषताले नेपालीबीच रहेको पृथक पहिचानको प्रबर्द्धन गरिरहेको बताउनुभएको छ।

        'यही एकता नै हाम्रो शान्ति, विकास र समृद्धिको लागि प्रमुख सुत्र भएकाले नेपालका सांस्कृतिक विशेषताको संरक्षण र प्रबर्द्धन गरी नेपाली एकतालाई चिरकालपर्यन्त दिगो बनाइराख्नु हाम्रो कर्तव्य हो', अध्यक्ष रेग्मीले आफ्नो शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह