फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलङ्काद्वारा 22 जना भारतीय माझी प्रकाउ

(GMT+08:00) 2013-12-30 18:26:55

        श्रीलङ्काको नौ सेनाले हिजो 29 तारिख श्रीलङ्काको उत्तरी समुद्री क्षेत्रमा अवैधानिक माछा मारिरहेका 22 जना भारतीय माझीलाई प्रकाउ गरेको छ। पक्राउ गरिएका सबै माझीलाई कारवाहीका लागि स्थानिय प्रहरीलाई हस्तान्तरण गरिएको श्रीलङ्काको नौसेनाले जनाएको छ।

         चालु महिनामा श्रीलङ्काले भारतीय माझीलाई प्रकाउ गरेको यो दोस्रो पटक हो।

         भारतीय माझीद्वारा श्रीलङ्काको समुद्री क्षेत्रमा माछा मारेर कानुनको उलङ्घन गरेको तथा आफ्नो देशलाई गम्भीर क्षति पुर्‍याइएको भन्दै श्रीलङ्काले त्यस्ता कार्यको निन्दा पनि गरेको छ। भारतले भने आफ्ना माझीहरुले सार्वजनिक समुद्री क्षेत्रमा वैधानिक रुपमा माछा मारेको बताउँदै पक्राउ गरिएका माझीलाई रिहा गर्न श्रीलङ्कासमक्ष आग्रह गरेको छ।

          श्रीलङ्काका सञ्चारमाध्यमका अनुसार दुई पक्षले आगामी वर्षको जनवरीमा दुई मुलुकका माझी विवादबारे छलफल गर्ने निर्णय गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह