इजरेली सेनाका अनुसार, हिजो उनान्तीस तारिख विहान लेबनानले इजरायलमा चारवटा रकेट प्रहार गरेको थियो। सो रकेट हमलाबाट कोही हताहत नभएको बताइएको छ। प्रत्युत्तरमा इजरायली सेनाले लेबनानमाथि दशवटा रकेट प्रहार गरेको थियो। इजरायलका रक्षामन्त्री मोसे यालोनले रकेट हमलाको जिम्मा लेबनान सरकारले लिनुपर्ने बताउँदै त्यसो नभएमा इजरायली सेनाले लेबनानमाथि अझै ठूलो प्रहार गर्ने चेतावनी दिनुभयो।
सोबारे इजरालका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनान्तीस तारिखमा इजरायली सेनाले आफ्नो मुलुकमाथि भएको हमलाको सशक्त प्रतिकार गर्ने बताउनु भएको थियो।
लेबनानको दक्षिण भागमा स्थापित संयुक्त राष्ट्र संघका स्थायी सेनाका कमाण्डर पालो सेराले इजरायल र लेबनानबीचको द्वन्द्वले मध्य पूर्वी क्षेत्रको शान्ति र स्थिरतालाई ध्वस्त पार्नसक्ने बताउनुभयो।
संयुक्त राष्ट्र संघका महा सचिव बान कि मुनले सो दुर्घटनाको कडा निन्दा गर्दै सम्बन्धित दुवै पक्षलाई धैर्य राख्न आह्वान गर्नुभएको छ।