फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा परिषदद्बारा रुसी रेलवे स्टेशनमा भएको बिस्फोटनको कडा निन्दा

(GMT+08:00) 2013-12-30 18:29:32

        संयुक्त राष्ट्र संघका सुरक्षा परिषद्ले उनान्तीस तारिख एउटा वक्तव्य प्रकाशित गर्दै रुसी भोल्गोग्राड रेलवे स्टेशनमा भएको आतंकवादी विस्फोटको कडा निन्दा गर्नुका साथै परिषदले प्रतिआतंकबाद कार्यलाई फेरि एक पटक पुनर्पुष्टि गरेको छ।

        सुरक्षा परिषदले दुर्घटनामा मृत्यु भएकाहरुको परिवार, रुसी सरकार र जनतालाई हार्दिक सम्वेदना पनि व्यक्त गरेको छ।

         रुसको दक्षिण भागस्थित भोल्गोग्राड रेलवे स्टेशनमा उनान्तीस तारिखमा भएको आतंकवादी बिस्फोटनबाट हालसम्म कम्तिमा सोह्र जनातको मृत्यु हुनुका साथै दशौँ जना घाइते भएका छन्। सम्बन्धित विभागले सो विस्फोटनको घटनालाई जाँचबुझ गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह