फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा बसोबास गर्ने चिनियाँहरुद्बारा जापानी प्रधानमन्त्री सिन्जो आबेको कडा निन्दा

(GMT+08:00) 2013-12-30 18:30:10

         बितेका केही दिनमा अमेरिकाको वासिङ्गटन, लसएन्जस, न्यूयोर्कमा रहेका चिनियाँ मूलका नागरिकहरुले एक गोष्ठीको आयोजना गरी जापानी प्रधान मन्त्री सिन्जो आबेले यासुकुनी देवलको पूजा गरेकोमा कडा निन्दा गरेका छन्।

          अमेरिकी वासिङ्गटन चीन शान्ति एकीकरण प्रवर्द्धन समितिले हिजो उन्नन्तीस तारिख एक वक्तव्य प्रकाशित गर्दै सिन्जो आबेको सो कार्यले चीन तथा अन्य एशियाली मुलुकमा युद्धग्रस्त पीडा भोगेका मानिसहरुको भावनामा चोट पुर्‍याएको बताइएको छ। जापानी प्रधानमन्त्री सिन्जो आबेको त्यस्तो कार्यको कडा निन्दा पनि व्यक्त गरिएको छ।

          न्यूयोर्कमा आयोजित अमेरिकी त्याउ यु टापू संरक्षण समितिको एक गोष्ठीमा सिन्जो आबेको कार्यको कडा निन्दा गर्दै आगामी हप्तामा न्यूयोर्कस्थित जापानी काउन्सलटलाई विरोधपत्र दिने बताइएको छ।

          लसएन्जलसमा अमेरिकी शान्ति एकीकरण प्रबर्द्धन संघका प्रतिनिधिहरुले पनि एक गोष्ठीको आयोजना गरी जापानी प्रधान मन्त्री सिन्जो आबेले यासुकुनी देवलको पूजा गरेको कार्यको कडा निन्दा गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह