फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रधानमन्त्री शिन्जो आबेले चीन सरकार र चिनियाँ जनतासामु गल्ती स्वीकार गर्नुपर्ने चीनको भनाइ

(GMT+08:00) 2013-12-30 18:57:29

        चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता छिन काङले चिनियाँ जनताले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई स्वागत नगर्ने बताउँदै पहिले आबेले चीन सरकार र चिनियाँ जनतासामु गल्ती स्वीकार गर्नुपर्ने बताउनुभयो। चीनले शान्तिपूर्ण मित्रतासँग ऐतिहासिक न्याय र चीन-जापान सम्बन्ध महाकार्यको संरक्षण गर्ने आशा राखेको पनि उहाँले स्पष्ट पार्नुभयो।

        आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता छिन काङले उक्त कुरा व्यक्त गर्नुभएको हो। जापानी प्रधानमन्त्री आबेले दोस्रो विश्व युद्धका क श्रेणीको युद्ध अपराधीका रुपमा कुख्यात यासुकुनी देवलको पूजा गरेर बर्बरतापूर्ण इतिहासलाई सम्मान गरेको बताउँदै प्रवक्ता छिनले ती अपराधीले जापानी सैन्यवादी आक्रमण युद्धको तयारी र संचालन गरेको र उनीहरु फासिस्ट र एशियाको नाजी रहेको पत्रकारलाई बताउनुभयो।

         चीन-जापान लोक आदान-प्रदान कार्यक्रमलाई चीनले स्थगित गर्छ भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै प्रवक्ता छिन काङले भन्नुभयो चीन-जापान सम्बन्धमा आजको कडा अवस्थाको जिम्मा जापानी प्रधानमन्त्री आबेले लिनुपर्छ। चीन-जापान सम्बन्ध महत्वपूर्ण सम्बन्ध रहेको बताउँदै केही दिनदेखि जापानका विवेकी, सञ्चारकर्मी र सर्वसाधारणले प्रधानमन्त्री आबेका त्यस्ता भनाइ र गतिबिधिमाथि कडा आलोचना गरिरहेको पनि उहाँले बताउनुभयो। ती जापानी नागरिकहरु चीन-जापान सम्बन्धमाथि निकै ध्यान दिने र चीन-जापान मित्रतामा माया दिने नागरिक भएको पनि प्रवक्ता छिन काङले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह