फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीमा आजदेखि सडक खाना महोत्सव

(GMT+08:00) 2013-12-31 16:51:04

      'लुम्बिनी जाऔँ, लुम्बिनीमा खाऔँ, लुम्बिनीमै रमाऔँ' भन्ने मूल नाराकासाथ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो सडक खाना महोत्सव आजबाट सुरु भएको छ।

        अग्रेजी नयाँ वर्ष तथा क्रिमशसको अवसरमा डिसेम्वर 31 र जनवरी 1 का दिन सडक खाना महोत्सव लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन र सिद्धार्थ होटल एशोसियसन (साटा)ले गरेका हुन्। गत वर्षबाट लुम्बिनी सडक खाना महोत्सव गर्न थालेको हो।

          महोत्सवमा यो वर्ष स्टलको संख्यासमेत बढाइएको लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसनका अध्यक्ष तथा महोत्सवका संयोजक मिथुन श्रेष्ठले बताउनुभयो। यसपटकको महोत्सवमा 50 देखि 60 वटा विभिन्न खानाका स्टलहरु राखिनेछ। मेलाको प्रवर्द्धकको रुपमा सिद्धार्थनगर उद्योग वाणिज्य संघ रहेको छ। आन्तरिक तथा बाहृय पर्यटकको प्रर्वद्धन तथा आगामन बढाउन आवासमा 2 दिन 40 प्रतिशत र खानामा 20 प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सिद्धार्थ होटल एशोसियसनका सचिव लिलामणि पौडेलले बताउनुभयो।

           महोत्सवमा शुद्ध नेपाली खानाका परिकारका साथै एसिया, युरोप र अमेरिकासहितका देशका विभिन्न जातजातिका खानाका परिकारको मज्जा लिनसकिने आयोजकले जनाएका छन्। महोत्सवले लुम्बिनीको प्रचार गर्नुका साथै आन्तरिक तथा बाहृय पर्यटकको प्रर्वद्धनमा समेत टेवा पुग्ने महोत्सवका प्रर्वद्धक सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्मा बताउनुहुन्छ।

          यसका अलवा सडक महोत्सवमा आधुनिक नेपाली, परम्परागत नेपाली र थारुसहितका विभिन्न जाति तथा जनजातिहरुका विशेष सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ।

           10 हजार मानिसले अवलोकन गर्ने अपेक्षा लिएको मेलामा रहने स्टलहरु निःशुल्क व्यवस्था गरिएको छ। करिव 8 लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा नाफमूखी नबनाई लुम्बिनीको पहिचान जीवन्त राख्न आयोजना गरिएको अग्रज पत्रकार चेतन पन्त बताउनुहुन्छ।

          मेलामा आउन सिद्धार्थनगर यातायात व्यवसायी समिति र पश्चिम नेपाल बस व्ययसायी संघले लुम्बिनी आउन यातायातको व्यवस्था गर्ने भएका छन्। लुम्बिनीबाट बुटवल र बेलहिया नाकासम्मका लागि पहल जारी रहेको आयोजकको भनाइ छ। आध्यात्मिक गीत संगीत र आधुनिक गीत संगीतको संगम गराएर नौलोपन महसुस गराउन कार्याक्रमको व्यवस्थापन गरिएको अनलाइन खबरले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह