फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ यीद्बारा रुसी विदेश मन्त्री सेर्गाइ लावरोवसँग टेलिफोन वार्ता

(GMT+08:00) 2013-12-31 16:52:20

         चीनका परराष्ट्र मन्त्री वाङ यीले हिजो तीस तारिख राति रुसी विदेश मन्त्री सेर्गाइ लावरोवसँग टेलिफोटन वार्ता गर्नुभएको छ।

         सो अवसरमा परराष्ट्र मन्त्री वाङले शान्तिलाई माया गर्ने विश्वका सबै मुलुक वा जनताले जापानका प्रधानमन्त्री सिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरेको कुरामा उच्च ध्यान दिन आवश्यक जोड दिनुभएको थियो। उहाँले चीन र रुस विश्वमा फासिस्टवाद विरोधी युद्धमा सफलता पाएका मुलुक र संयुक्त राष्ट्र संघका सुरक्षा परिषदका स्थायी सदस्य मुलुक भएको शान्तिका लागि अझै गहन भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। चीन र रुसले अन्तर्राष्ट्रिय न्याय र युद्धपछि अन्तर्राष्ट्रिय व्यवस्थालाई संयुक्त सुरक्षा गर्न आवश्यक रहेको पनि परराष्ट्रमन्त्री वाङले टेलिफोनमा रुसी समकक्षी सेर्गाइ लावरोवलाई बताउनुभयो।

          रुसी विदेश मन्त्री लावरोवले यासुकुनी देवल सम्बन्धित समस्यामा रुसको र चीनको एउटै अडान रहेको बताउँदै रुसले जापानका प्रधानमन्त्री सिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरेकोमा विरोध गरेको बताउनुभयो। उहाँले क्षेत्रीय स्थिरता र शान्तिलाई सुरक्षा गर्नका लागि रुसले चीनसँग सहकार्य गर्ने औँल्याउनुभयो।

         हिजै परराष्ट्र मन्त्री वाङले भियतनामका उप प्रधान एवं विदेश मन्त्री फाम बिन्ह मिन्ह र जर्मनी विदेश मन्त्री फ्रान्क वाल्टरसँग पनि जापानको पछिल्लो क्रियाकलापका बारेमा छुट्टा-छुट्टै टेलिफोन वार्ता गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह