फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँ वर्षको शुभकामना सन्देश आदानप्रदान

(GMT+08:00) 2013-12-31 16:52:54

       नयाँ वर्ष सन् 2014 का अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज शुभकामना सन्देश आदानप्रदान गर्नु भएको छ।

        राष्ट्राध्यक्ष सीले सन्देशमा भन्नुभएको छ नयाँ वर्ष सन् 2014 मा म चीन सरकार र चिनियाँ जनताको प्रतिनिधिका रुपमा तपाईं र मित्रराष्ट्र रुसी जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षमा चीनले रुससँगको सम्बन्धलाई अझ विकास गर्ने आशा राखेको राष्ट्राध्यक्ष सीले बताउनु भएको छ।

        रुसी राष्ट्रपति पुटिनले आफ्नो सन्देशमा नयाँ वर्ष सन् 2014 का अवसरमा बितेको वर्ष सन् 2013 मा रुस र चीन बीचको सम्बन्धमा राम्रो सफलता प्राप्त भएको स्मरण गर्दै यो सफलताले नयाँ वर्षमा अझै उचाइ प्राप्त गर्ने बताउनुभयो।

        यसैगरी चीनका प्रधानमन्त्री ली ख छ्याङ र रुसी प्रधानमन्त्री एलेक्जान्डर मेदभेदेभले पनि नयाँ वर्षका शुभकामना सन्देश आदानप्रदान गर्नु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह