फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रधानमन्त्री सिन्जो आबेका क्रियाकलाप निराश लाग्दो अमेरिकी टिप्पणी

(GMT+08:00) 2013-12-31 16:53:29

      जापाननी प्रधानमन्त्री सिन्जो आबेले छिमेकी मुलुकसँगको सम्बन्धमा तनाव सिर्जना गरेको कार्यलाई अमेरिकाले निराश भनेर टिप्पणी गरेको छ।

       जापानी प्रधान मन्त्री सिन्जो आबेले यासुकुनी देवलको पूजा गरेको कार्यले अमेरिकालाई निराश लागेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मरी हार्फले‌ बताउनु भएको हो। हिजो तीस तारिख आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मरीले त्यस्तो विचार व्यक्त गर्नुभयो।

       जापानले छिमेकी मुलुकसँगै शंवेदनशील समस्याको रचनात्मक समाधान खोजेर क्षेत्रीय साझा लक्ष्यलाई साकार तुल्याउने आशा अमेरिकाले प्रकट गरेको छ।

        जापानको लागि अमेरिकी राजदूताबासले पनि गत छब्बीस तारिख एक वक्तव्य प्रकाशित गरी सिन्जो आबेले गरेको यासुकुनी देवलको पूजाप्रति निराश लागेको जनाएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह