फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विदेश मन्त्रीले यही हप्ता मध्यपूर्वको भ्रमण गर्नुहुने

(GMT+08:00) 2013-12-31 18:20:21

       अमेरिकी विदेश मन्त्री जोन करीले यही साता मध्यपूर्वको भ्रमण गर्ने कार्यक्रम रहेको छ। विदेश मन्त्रालयका प्रवक्ता म्यारी हाफले हिजो तीस तारिख सो बारे बताउनु भएको हो। मध्यपूर्व भ्रमणमा रहँदा विदेशमन्त्री केरीले इजरायल र प्यालेष्टाइन नेतासँग भेट गरी ती दुई देशबीचको द्वन्द्व कम गर्न प्रयास गर्नुहुने प्रवक्ता म्यारीले जानकारी दिनुभयो।

       इजरायल र प्यालेष्टाइनबीचमा आफ्नो अधिन्सत भूमि बारेमा द्वन्द्व कायम रहेको छ। अमेरिकी विदेशमन्त्री जोन केरीले दुवै देशलाई मध्यस्तता गरी एउटा साझा बिन्दु पहिल्याउने प्रयास गर्नुहुनेछ।

        अमेरिकी विदेशमन्त्री केरीले जेरुसेलुम र रमल्लामा इजरेली प्रधानमन्त्री बेनजामिन नेतान्याहु र प्यालेष्टायिन राष्ट्रपति महमोद अब्बाससँग बेग्लाबेग्लै छलफल गर्नुहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह