फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ यीद्बारा अमेरिकी विदेश मन्त्री र दक्षिण कोरियाका विदेश मन्त्रीसँग टेलिफोन वार्ता

(GMT+08:00) 2014-01-01 18:11:31

       चीनका परराष्ट्र मन्त्री वाङ यीले हिजो एकतीस तारिखको राति अमेरिकी विदेश मन्त्री जोन केरी र दक्षिण कोरियाका विदेश मन्त्री युन ब्युङ सेसँग छुट्टा-छुट्टै टेलिफोन गरी शिष्टाचार वार्ता गर्नुभएको छ।

        परराष्ट्र मन्त्री वाङले सन् 2014 को जनवरी एक तारिख चीन र अमेरिका बीचको दौत्य सम्बन्ध स्थापना भएको पैँतीसौं वार्षिकोत्सव भएको स्मरण गराउँदै पैंतीस वर्षदेखि चीन र अमेरिकाबीचको सम्बन्धले धेरै सफलता प्राप्त गरेको बताउनुभयो। दुई मुलुकबीचको घनिष्ट सम्बन्धले दुवै मुलुक र जनताका लागि हितकर भएको परराष्ट्रमनत्री वाङले औंल्याउनुभयो। चीन र अमेरिकाबीचको सम्बन्धले क्षेत्रीय र विश्वशान्तिसँगै स्थिरता र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले स्पष्ट पार्नुभयो। आगामी समयमा नयाँ किसिमका ठूला मुलुक बीचको सम्बन्धलाई बढाउँदै चीन र अमेरिकाबीचको सहयोगलाई बिस्तार गरिने उहाँले बताउनुभयो।

        अमेरिकी विदेश मन्त्री केरीले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिमा अमेरिका र चीनबीचको सहयोगलाई अझै सवल पार्नुपर्ने आवश्यकता बढेको बताउनुभयो। उहाँले नयाँ वर्षमा अमेरिकाले चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई सुदृढ पार्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

        दुवै नेताले जापान सम्बन्धी समस्या, कोरियाली प्रायद्बीपको अवस्था, प्यालेष्टाइन र इजरायल बीचको शान्ति वार्ता जस्ता विषयमा छलफल गर्नुभएको छ।

         दक्षिण कोरियाका विदेश मन्त्री युन ब्युङ सेसँगको टेलिफोन वार्तामा दुवै नेताले सन् 2013 मा चीन र दक्षिण कोरिया बीचको सम्बन्धमा प्राप्त सफलतालाई उच्च मूल्याकन गर्नुभएको छ। परराष्ट्र मन्त्री वाङले नयाँ वर्षमा दुवै पक्षले उच्च स्तरीय आदान-प्रदान बढाउने, रणनीतिक आपसी विश्वासलाई गहन पार्ने, मैत्री सहयोगलाई सवल पार्ने औंल्याउनुभयो। कोरियाली विदेश मन्त्री युनले दक्षिण कोरियाले चीनसँग संयुक्त प्रयास गर्दै दुवै मुलुक बीचको सम्बन्धलाई अगाडि बढाउने कुरामा जोड दिएको बताउनुभयो।

         सो अवसरमा दुवै नेताले जापानी प्रधान मन्त्री सिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरेको कार्यबारे पनि छलफल गर्नुभयो। कोरियाली विदेश मन्त्री युनले दक्षिण कोरिया सरकारले आबेको सो कार्यको कडा विरोध गरेको अडानलाई दोहोर्‍याउनुभयो।

         दुवै नेताले कोरियाली प्रायद्बीपको परिस्थितिबारे पनि छलफल गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह