फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्वेज मुशरफद्वारा आफूमाथि लगाइएको सबै अभियोग अस्वीकार

(GMT+08:00) 2014-01-01 18:12:17

       पाकिस्तानका पूर्व राष्ट्रपति पर्वेज मुशरफले हिजो एकतीस तारिखमा पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित सेवा निवृत्त सैनिकहरुको भेलालाई भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। आफूमाथि पाकिस्तानी सरकारले लगाएको सबै अभियोगको उहाँले अस्वीकार गर्नुभयो।

       पाकिस्तानका पूर्व सेनाको सो भेलामा मुसरफ पनि सहभागी हुने आयोजकहरुले बताएका थिए। तर मुशरफ भेलामा सहभागी नभई भिडियोमार्फत भेला भएका पूर्व सैनिकहरुलाई सम्बोधन गर्नुभयो।

       पूर्वाधारित कार्यक्रम अनुसार गत डिसेम्बर 24 तारिखमा मुशरफलाई पाकिस्तानको विशेष अदालतमा हुने बहसमा उभ्याउने कार्यक्रम थियो तर तर अदालत जाने बाटोमा बम विस्फोटन गराइएका कारण बहसलाई आज जनवरी एक तारिखमा सारिएको थियो।

       सन् 2007 को नोभेम्बरमा मुशरफले नौ सेनाको चिफ अफ स्टाफ हुँदा लगभग साठी जना न्यायाधीशलाई पदबाट हटाउनु भएको थियो। सो कदमले संविधान उलङ्घन गरेको भन्दै सन् 2013 को नोभेम्बरमा पाकिस्तानी सरकारले मुशरफमाथि देशद्रोहको अभियोगमा मुद्दा चलाएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह