फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाली रासायनिक हतियार ढुवानी गर्ने जहाजको संरक्षण गर्न चिनियाँ नौ सैन्य जहाज प्रस्थान

(GMT+08:00) 2014-01-01 18:13:01

      चीनको नौ सेनाका प्रवक्ता ल्याङ याङका अनुसार, सिरियाली रासायनिक हतियार ढुवानी गर्ने जहाजको संरक्षण गर्न चीनको नौ सैन्य येन छङ नामक युद्धजहाज भूमध्य सागरतर्फ प्रस्थान गरेको छ।

       हिजो डिसेम्बर एकतीस तारिख दिउँसो चार बजे चिनियाँ नौ सेनाको सोह्रौँ चरणको संरक्षण येन छङ नामक युद्ध जहाजले साउदी अरबको जेदाह बन्दरगाहबाट भूमध्य सागरतर्फ प्रस्थान गरी सिरियाली रासायनिक हतियार ढुवानी गर्ने जहाजको संरक्षण गरेको छ।

        गत सेप्टेम्बरमा रासायनिक हतियार निषेध संगठन र संयुक्त राष्ट्रिय सुरक्षा परिषदबाट अलगै गरी पारित भएको सिरियाली रासायनिक हतियार नष्ट गर्ने निर्णय अनुसार, सिरियाली रासायनिक हतियारलाई सिरियाबाट अमेरिकी रासायनिक हतियार नष्ट जहाजमा पुर्‍याइएर नष्ट गरिनेछ। चीन, रुस, डेनमार्क, नर्वे आदि मुलुकले बेग्ला बेग्लै गरी युद्ध जहाज पठाएर रासायनिक हतियार ढुवानी गर्ने जहाजको संरक्षण गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह