फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सांस्कृतिक सामर्थलाई बढाउन सी चिन फिङको जोड

(GMT+08:00) 2014-01-01 18:13:58

       गत डिसेम्बर तीस तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले चीनको सांस्कृतिक सामर्थ बढाउनेसम्बन्धी बाह्रौँ सामूहिक सिकाइ कार्यक्रमको आयोजना गरेको थियो। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका अध्यक्ष सी चिन फिङले चीनको सांस्कृतिक सामर्थलाई बढाउने र दुईवटा "एक सय वर्ष लक्ष्य" तथा चीन राष्ट्रको महान् पुनःरुत्थान भन्ने चिनियाँ सपनाबीच घनिष्ठ सम्बन्ध रहेको कुरामा जोड दिनुभयो। संस्कृतिको समष्टिगत शक्ति र प्रतिश्पर्धात्मक शक्तिलाई बढाएर समाजवादी सांस्कृतिक रुपमा बलियो मुलुक बनाउने लक्ष्यतिर विकास गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

       सी चिन फिङले चीनको सांस्कृतिक सामर्थलाई उकास्नका लागि सांस्कृतिक सामर्थको मूललाई बलियो बनाउनुपर्ने उल्लेख गर्नुभयो। साथै चिनियाँ विशेषतायुक्त समाजवादी सांस्कृतिक विकास बाटोमा अडिग रहेर सांस्कृतिक प्रणाली सुधारलाई गहन पारी सांस्कृतिक कार्यको पूर्ण समृद्धलाई प्रबर्द्धन गर्नुपर्ने पनि उहाँले व्यक्त गर्नुभयो। चीनको सांस्कृतिक सामर्थलाई उकास्नका लागि वर्तमान चीनको मूल्य धारणा प्रचार-प्रसार गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

        सी चिन फिङले चिनियाँ सपनासम्बन्धी प्रचार-प्रसार र व्याख्या गर्न वर्तमान चीनको मूल्य धारणासँग घनिष्ठ रुपमा जोड्नुपर्ने कुरामा जोड दिनुभयो। साथै चीनको सांस्कृतिक सामर्थलाई उकास्नका लागि चिनियाँ संस्कृतिको विशेषता देखाउनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह