फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रत्ननगर महोत्सव पुस 26 देखि

(GMT+08:00) 2014-01-01 18:18:35

       चितवनको सौराहामा हात्ती महोत्सव सकिएलगत्तै रत्ननगर महोत्सवको तयारी थालिएको छ। हरेक दुई वर्षमा गरिदै आएको महोत्सव यसपालि सातौं सस्करणको रुपमा पुस अन्तिम साता आयोजना गरिदैछ। पुस 26 गते सुरु हुने महोत्सव माघ 5 गते सकिनेछ।

        वि. सं 2057 सालदेखि सुरु भएको रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्। रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव गरिन्छ। रत्ननगरको टिकौली खुल्लाचौरमा प्रस्तावित रगंशालामा हुने सो महोत्सवका लागि 4 सय 17 स्टल बिक्री भइसकेको महोत्सव मूल समारोह समिति संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो।

         कारोबार अनलाइनका अनुसार महोत्सवलाई माछा प्रदर्शनी विशेष बनाइदै छ। "विगतको महोत्सवमा माछापोखरी मात्रै राखिएको थियो", संयोजक कर्माचार्यले भन्नुभयो, "यसपल्ट माछाको उत्पादन र प्रर्वद्धनलाई उच्च प्राथमिकता दिँदै माछाको भुरा प्रदर्शनी, अत्याधुनिक माछापोखरी र माछाका लागि आवश्यक पर्ने दानाको स्टल पनि राखिने छ।"

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह