फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अस्ट्रेलियामा बसोबास गर्ने चिनियाँ प्रवासीद्वारा जापानी प्रधान मन्त्री सिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरेकोमा कडा निन्दा

(GMT+08:00) 2014-01-01 18:24:42

       अस्ट्रेलियाका चिनियाँ प्रवासी, चिनियाँ मूलका विदेशीहरु र समुद्रपार पढ्ने विद्यार्थीहरुले जापानी प्रधानमन्त्री सिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरेकोमा कडा निन्दा गरेका छन्। उनीहरुले चीन सरकारको अडानलाई समर्थन गर्दै विश्व शान्तिको सुरक्षाका लागि आफ्नो प्रयास जारी राख्ने पनि जनाएका छन्।

       अस्ट्रेलियाली चिनियाँ प्रवासी संगठनका अध्यक्ष उ छाङ माउले जापानी प्रधानमन्त्री सिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरेकोमा विश्वका जनाताले विरोध गरेको बताउनुभयो। उहाँले चीन सरकारको अडानलाई समर्थन गरेको औंल्याउँदै जापानी सैन्यवादको अतिक्रमणमा सबै मुलुकका जनताहरुले आबेको कार्यलाई भत्सर्ना गर्न आह्वान पनि गर्नुभएको छ।

         अस्ट्रेलियाली अन्तर्राष्ट्रिय सांस्कृतिक उत्पादन समितिका प्रमुख याङ च वैले जापानी प्रधानमन्त्री आबेको कार्यले चीन, जापान तथा एशिया प्रशान्त क्षेत्रको शान्ति र स्थिरतामा असर परेको बताउनुभयो। त्यसैगरी सिड्नी विश्वविद्यालय अन्तर्गत चिनियाँ विद्यार्थी संगठनका अध्यक्ष चाङ यु फङले अस्ट्रेलियामा समुद्रपार पढ्ने विद्यार्थीहरुले जापानी प्रधान मन्त्री सिन्जो आबेद्बारा यासुकुनी देवलको पूजा गरेकोमा कडा निन्दा व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह