फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2013 मा तिब्बतको जी डी पी 12.5 प्रतिशतले बृद्धि

(GMT+08:00) 2014-01-01 18:25:29

       तिब्बत स्वायत्त प्रदेश सरकारबाट प्राप्त समाचारअनुसार, सन् 2013 मा तिब्बतको कूल ग्राहस्थ उत्पादन जी डी पी असी अर्ब बीस करोड चिनियाँ युआन पुगेर सन् 2012 कोभन्दा 12.5 प्रतिशतले बृद्धि हुने पूर्वानुमान गरिएको छ। साथै सन् 2014 को बृद्धि दर बाह्र प्रतिशत कायम रहने अपेक्षा रहेको छ। सन् 1994 देखि हालसम्म तिब्बतको आर्थिक बृद्धि दर लगातार डबल अंकले वृद्धि हुँदै आएको छ।

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत तिब्बती शाखा समितिका अध्यक्ष छन छ्युआन कोले हिजो एकतीस तारिख आयोजित तिब्बती आर्थिक कार्य सम्मेलनमा उक्त कुरा जानकारी दिनुभएको हो। छनका अनुसार, तिब्बतको कूल आर्थिक मात्रा सानो भएको, विकासको आधार कमजोर भएको, सन् 2020 सम्ममा तिब्बतमा सम्पन्न समाज निर्माण गर्ने कार्य भारी भएको, अन्य प्रान्तको तुलनामा विकास ढिलो सुरु भएको जस्ता कारणले सन् 2014 मा तिब्बतको जी डी पी बृद्धि बाह्र प्रतिशतमा कायम राख्नुपर्ने बताउनुभयो। वातावरणलाई हानी नगरी पूर्वाधार विकासमा हरियाली तथा दिगो विकास गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

       तिब्बत सरकारले सार्वजनिक गरेको तथ्याङ्क र विकास नतिजा अनुसार, तिब्बतको शिक्षा, चिकित्सा, संस्कृति, खेलकुद, रोजगार, पर्यवरणीय संरक्षण आदि क्षेत्रका ठूलो प्रगति भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह