फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी आन्तरिक मामिला मन्त्रीद्वारा यासुकुनी देवलको पूजा

(GMT+08:00) 2014-01-01 18:26:03

        जापानी आन्तरिक मामिला मन्त्री योशिताका शिन्डोले आज एक तारिख चौध जना दोस्रो विश्व युद्धका क श्रणीका युद्ध अपराधीका नाम राखिएको यासुकुनी देवलको पूजा गरेका छन्। गत डिसेम्बर छब्बीस तारिख जापानका प्रधानमन्त्री शिन्जो आबेले पूजा गरेपछि जापानी मन्त्रीमण्डलका मन्त्रीले यासुकुनी देवलको पूजा गरेको यो पहिलो पटक हो।

         जापानी जिजी समाचार समितिकाअनुसार, गत डिसमेम्बर छब्बीस तारिख शिन्जो आबेले यासुकुनी देवलको पूजा गरेबाट चीन, दक्षिण कोरिया आदि छिमेकी मुलुक तथा अमेरिकाबाट ठूलो आलोचना पाएको थियो। यो पटक योशिताका शिन्डोले पूजा गरेपछि जापान र चीन तथा दक्षिण कोरिया आदि मुलुकबीचको सम्बन्ध अझ बिग्रिने स्पष्ट देखिएको छ।

         सिन्जो आबे जापानका प्रधानमन्त्री भएपछि योशिताका शिन्डोले गत अगष्ट पन्ध्र तारिख "जापान आत्मसमर्पण वार्षिकोत्सव" तथा यासुकुनी देवलको वसन्त, हिउँद कार्यक्रममा यासुकुनी देवलको पूजा गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह