फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको क्वाङ सी र आशियान क्षेत्रबीचको आदान-प्रदानमा तीब्रता

(GMT+08:00) 2014-01-01 19:03:19

         चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको छुङ चो शहर शाखा समितिका अध्यक्ष ह्वाङ खले चीन र आशियाबीचको नाका छुङ चो शहरले आशियासँग आदान-प्रदान र सम्पर्क क्षमताको तीब्र बनाउँदै गएको बताउनुभयो।

         गत डिसेम्बर तीस तारिख आयोजित छुङ चो शहरको आर्थिक सम्मेलनमा अध्यक्ष ह्वाङले उक्त कुरा बताउनु भएको हो। उहाँका अनुसार, सन् 2014 मा छुङ चो शहरले नाकाको अपग्रेड र खुलापन कार्यलाई बढाएर इक्सप्रेस र रेलमार्गको निर्माणबाट आपसी आदान-प्रदान र सम्पर्क बढाउनेछ।

        छुङ चो शहर भियतनामसँग जोडिएको छ। सीमा लाइन पाँच सय तेँतीस किलोमिटर पुगेको छ भने क्वाङ सी च्वाङ स्वायत्त प्रदेशमा भूमि सीमा लाइन सबभन्दा बढी रहेको शहर हो। यसबाहेक क्वाङ सीको नान निङ-सिन्गापुर आर्थिक करिडोरको महत्वपूर्ण शहर र आशियानसँग सम्पर्क गर्ने सबभन्दा सुविधाजनक ढोका मानिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह