फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

असुरक्षाका कारण मुशरफ अदालतमा अनुपस्थित

(GMT+08:00) 2014-01-02 18:13:43

        सुरक्षाका कारण पाकिस्तानी पूर्व राष्ट्रपति पर्वेज मुशरफ हिजो एक तारिख अदालतमा हाजिर हुन सक्नुभएन। परवेजको अनुपस्थित मै उहाँमाथि लगाइएको देशद्रोहको अभियोगमा हिजो सुनुवाई भएको छ।

       प्रहरीले मुशरफको आवास आसपासबाट हिजै एक किलो विस्फोटक पदार्थ बरामद गरेको छ भने अदालत जाने बाटोमा रहेको एक रेस्टुरेष्टबाट दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। मुशरफका वकिलले असुरक्षाका कारणले नै मुशरफ अदालतमा अनुपस्थित रहनु भएको बताउनुभयो। अदालतमा सहभागी कर्मचारी र नियुक्त न्यायाधिवक्ताप्रति शङ्का व्यक्त गर्दै मुशरफको मुद्दालाई पाँच हप्तापछि सार्न उहाँका वकिलले आवेदन दिनुभएको छ। तर उहाँको आवेदनलाई अदालतले अस्वीकार गरेको छ। मुशरफले आज दुई तारिख अदालतमा हुने सुनुवाईमा उपस्थित हुनुपर्ने आदेश अदालतले दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह