फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा नै आठ मुलुक समूहको मुख्य विषय

(GMT+08:00) 2014-01-02 18:14:21

       हिजो जनवरी एक तारिख आठ मुलुक समूहको अध्यक्षमा रुस छानिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिनुभए अनुसार, चालू वर्ष रुसमा आयोजना हुने आठ मुलुक समूह शिखर सम्मेलनमा सुरक्षाबारे मुख्यतया छलफल गरिने छ र 'सुरक्षित विश्वमा दिगो विकासका लागि खतराको व्यवस्थापन' भन्ने यस पटकको शिखर सम्मेलनको केन्द्रीय विषय रहेको छ।

        हिजै रुसी राष्ट्रपति पुटिनले एक वक्तव्य प्रकाशित गर्दै वर्तमान विश्वको सुरक्षा परिस्थिति जटिल भएको र दिगो विकाससामु बारम्बार हिंसात्मक गतिविधि लगायतका धेरै समस्या देखा परेको बताउनुभयो। एक देश वा क्षेत्रको समस्या फैलिँदै विश्वमा देखाएकाले आठ मुलुक समूहले त्यस्ता दीर्घकालीन चुनौतीमा नजर पुर्‍याई भविष्यका लागि जिम्मेवारी बहन गर्नुपर्ने विचार पनि राष्ट्रपति पुटिनले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह