फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा जापानी गृह मन्त्रीको भत्सर्ना

(GMT+08:00) 2014-01-02 18:15:04
        जापानी गृहमन्त्रीले यासुकुनी देवलको पूजा गरेको कार्यको चीनले भत्सर्ना गरेको छ। हिजो एक तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले जापानले गम्भीर रुपमा इतिहासको सिंहावलोकन गर्दै नयाँ शुरुवात गर्न आग्रह गर्नुभएको छ।

        जापानी प्रधान मन्त्री सिन्जो आबेले यासुकुनी देवलको पूजा गरेपछि मन्त्री परिषदका सदस्यले ऐतिहासिक समस्यामा फेरि एक पटक उत्तेजित कारवाही गरेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वाले दाबी गर्नुभयो। यस्तो गतिविधिबाट जापानले सैन्यवादी युद्ध अपराधीको हैसियतमा परिवर्तन गर्ने, विश्वमा फासीवादको विरुद्ध युद्धमा चुनौती राख्ने तथा युद्धपछि बनेको अन्तर्राष्ट्रिय परिपाटीको परिवर्तन गर्ने कुचेष्टा गरेको प्रतिबिम्बित भएको प्रवक्ता ह्वाले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह