फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चेकका लागि प्यालेष्टाइनी राजदूतको बम विस्फोटनमा मृत्यु

(GMT+08:00) 2014-01-02 18:15:43
        चेकका लागि प्यालेष्टाइनी राजदूत जमल अल जमलको हिजो एक तारिख बम विस्फोटन परी मृत्यु भएको छ। विस्फोटमा परी गम्भिर घाइते हुनुभएका जमलको अस्पताल लाने क्रममा मृत्यु भएको हो। बम विस्फोटन चेकको राजधानी प्रागस्थित राजदूत जमलको निवासमा भएको थियो।

        प्रारम्भिक जाँचबुझपछि चेकका प्रहरी प्रवक्ता एनड्रिया जोउलोभाले बम विस्फोटन योजनात्मक आतंकवादीको प्रहार नभएको बताउनुभयो। उहाँले बम विस्फोटनको ठोस कारण थाहा भइ नसकेको पनि बताउनुभयो।

        चेकका लागि प्यालेष्टाइनी राजदूताबासका प्रवक्ताले चेक प्रहरीको जाँचबुझ प्रतिवेदन पर्खने बताउनुभएको छ। प्यालेष्टाइनी विदेश मन्त्रालयका प्रवक्ताले चेक बम विस्फोटनपछि एउटा वक्तव्य जारी गर्दै एउटा जाँचबुझ टोलीलाई प्राग पठाउने बताउनु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह