फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ वायु प्रदूषणको मुख्य कारण सवारीसाधन

(GMT+08:00) 2014-01-02 18:17:49

        पैचिङ वातावरण संरक्षण ब्यूरोका अनुसार, सन् 2013 मा पैचिङमा 58 दिनसम्म भारी प्रदूषण लागेको थियो। पी एम 2.5 अझै प्रदूषणमध्येको मुख्य प्रदूषण वस्तु रहेको छ। आज आयोजित पैचिङ वातावरण संरक्षण ब्यूरोको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी दिइएको हो।

        सन् 2013 देखि पैचिङ शहरभित्रका पैँतीस वटा वायु गुणस्तर अनुगमन स्टेशनले पी एम 2.5 अनुगमन गर्न थालेको छ। पैचिङ वातावरण संरक्षण ब्यूरोको वातावरण अनुगमन केन्द्रका प्रमुख चाङ दा वीले पी एम 2.5 अझै मुख्य प्रदूषण वस्तु रहेको बताउनुभयो।–आवाज एक

         वर्षभरि अनुगमन अवस्थाबाट हेर्दा पैचिङमा पहिलो तथा दोस्रो स्तरको वायु गुणस्तर पुगेको दिन एक सय 76 पुगेको छ भने 48.2 प्रतिशत पुगेको छ। साथै 58 दिनसम्म पाँचौँ तथा छैठौँ स्तरको वायु गुणस्तर अर्थात् भारी प्रदूषण भएको छ भने 15.9 प्रतिशत पुगेको छ। त्यसबाट के अर्थ लागेको भने औसत छ सात दिनमध्ये एक भारी प्रदूषण दिन रहेको छ। साथै मुख्य प्रदूषण वस्तु अझै पी एम 2.5 रहेको छ।

        सन् 2013 को जनवरीमा पैचिङमा ठूलो स्केल तथा लामो समयसम्मको कुहिरो तथा तुवाँलो लागेको थियो। चाङ ता वीले जानकारी दिएअनुसार, समयको दृष्टिकोणबाट हेर्दा सन् 2013 पूर्वार्द्धमा अपेक्षाकृत प्रदूषण लागेको थियो भने उत्तरार्द्धमा केही सुधार भएको थियो। भौगोलिक बनोटका दृष्टिकोणमा दक्षिणी पैचिङमा पी एम 2.5 को मात्रा बढी भएको छ तर उत्तरी पैचिङमा कम देखिन्छ।–आवाज दुई

         मुख्यतः भारी प्रदूषण गत वर्षको पहिलो त्रैमासिकमा थियो। पहिला तीन महिनामा दश दिनसम्म छैठौँ स्तरको भारी प्रदूषण लागेको थियो भने वर्षभरि जम्मा तेह्र दिन मात्रै लागेको थियो। उत्तरार्द्धमा विशेष गरी हिटर सिजन आएपछि उत्तरी हावा चलेको कारणले वायु गुणस्तर स्पष्ट रुपमा सुधार भएको हो। साथै भौगोलिक बनोटका दृष्टिकोणमा दक्षिणी पैचिङमा पी एम 2.5को मात्रा बढी भएको छ तर उत्तरी पैचिङमा कम भएको देखिन्छ।

         वास्तवमा सन् 2013 को उत्तरार्द्धमा वायुको गुणस्तर राम्रो भएको छ। त्यसको कारण मौसम मात्रै होइन तर पैचिङले कुहिरो तथा तुवाँलोको समाधान गर्न अनेकौँ कदम चालेको छ। पैचिङ वातावरण संरक्षण ब्यूरो अन्तर्गत वातावरण व्यवस्थापन विभागका प्रमुख यु च्येन ह्वाले कुहिरो तथा तुवाँलोबाट हुने वातावरण प्रदूषणलाई न्युनीकरण गर्ने सम्बन्धी परियोजना सन् 2014 सम्म चल्ने बताउनुभयो।

         यसअघि चीनको विज्ञान एकेडेमीबाट सार्वजनिक गरिएको प्रतिवेदनमा "पी एम 2.5 प्रदूषणमध्ये सवारी प्रदूषण मात्रा चार प्रतिशत पुगेको" भनाइ धेरै चर्चित भएको थियो। पैचिङ वातावरण संरक्षण ब्यूरोका उप-प्रमुख फाङ लीले त्यो नतिजा ठीक नभएको बताउनुभयो। प्राप्त विभिन्न तथ्याङ्गबाट सवारी प्रदूषण नै पी एम 2.5 मध्ये बीसदेखि तीस प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह